नियम ३
राजस्व चुहावट सम्बन्धी सूचना
(१) ऐनको दफा ७ बमोजिम कसैले राजस्व चुहावट गरेको छ वा गर्न लागेको छ भन्ने कुराको सूचना दिंदा तत्सम्बन्धी विवरण वा प्राप्त सबुत प्रमाण खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा दिन सक्नेछ ।
(२) कसैले राजस्व चुहावट गरेको वा गर्न लागेको सूचना टेलिफोनबाट दिएमा त्यस्तो सूचनाको व्यहोरा टिपोट गरी महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(३) कसैले विभागमा आफैं उपस्थित भई राजस्व चुहावट सम्बन्धी सूचना मौखिक रुपमा दिन चाहेमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचना दिन चाहेको सम्पूर्ण व्यहोरा खुलाई लेखी निजलाई पढी वाची सुनाई महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(४) कसैले राजस्व चुहावटको सूचना इमेल, फ्याक्स जस्ता विद्युतीय सञ्चार माध्यमबाट दिएमा विभागको सम्बन्धित कर्मचारीले त्यस्तो सूचनालाई छापी तथा आवश्यक भए सोको प्रतिलिपि समेत तयार गरी महानिर्देशक वा निजले तोकेको अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।
(५) राजस्व चुहावट सम्बन्धी सूचना कुनै निकाय वा संगठित संस्थाले दिंदा सो सम्बन्धी सम्पूर्ण व्यहोरा तथा प्रमाण संलग्न गरी पत्र मार्फत विभागमा दिन सक्नेछ ।